Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मलेसियामा खोटाङका रनबहादुरको मृत्यु

    मलेसियामा खोटाङका रनबहादुरको मृत्यु


    • सोमवार, श्रावण १८ २०७८

    • नेपाल वाइड


    मलेसियामा खोटाङका रनबहादुरको मृत्यु
    मलेसियामा ज्यान गुएका खोटाङका रनबहादुर बिष्ट ।

    खोटाङ । साउन १८, बैदेसिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका रनबहादुर बिष्टको मृत्यु भएको छ । बसिरहेकै ठाउँमा अचानक बेहोस बन्न पुगेका बिष्टको मलेसियाको काजाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    शुक्रबार बेलुका बस्दैआएको ठाउँमा अकस्मात बिरामी परेपछि बिष्टलाई अन्य नेपालीको सहयोगमा अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको मलायाखबर डटकमले जनाएको छ । विगत १८ वर्ष अघिदेखि मलेसिया बस्दैआएका बिष्टको शव अस्पतालमै राखिएको छ । बिष्टको मृत्युको कारण खुल्न बाँकी छ ।

    यद्यपी, उनी सुगर र प्रेसरको समस्याबाट पिडित रहेको बताइएको छ । विष्टको मृत्युको बारेमा सामाजिक सञ्जालबाट जानकारी पाएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । १२ वर्षसम्म उनलाई पर्खेर बसेकी श्रीमतीले घरकै सल्लाहमा दोश्रो विवाह गरिसकेका छन् । ‘मैले पनि सामाजिक सञ्जालबाट थाहा पाएको हो ।

    गाउँमा बुझ्दा घट्ना यतार्थ रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘लामो समयसम्म घर नआएकाले घरपरिवारकै सल्लाहमा श्रीमतीले समेत दोश्रो विवाह गरिसकेको खबर आएको छ ।’

    पछिल्लो समय अवैध बनेका उनी गत जुलाई १ तारिखदेखि मलेसियाको सेलाङ्गर तामिनजयामा एक होटलमा काम गर्दैआएका थिए । मलेसियास्थित नेपाली दूतावाससँग समन्वयमा शव नेपाल पठाउनका लागि नेपाली जनसम्पर्क समिति मलेसियाले पहल गरिरहेको जनाइएको छ ।

    सम्बन्धित समाचार