बुधवार, श्रावण २० २०७८
नेपाल वाइड
खोटाङ । साउन २०, खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी करुणा राई तुलाधर गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
एनआरएनए महिला फोरम जर्मनीको संयोजक रहेकी करुणा विद्युतीय प्रणालीद्धारा सम्पन्न निर्वाचनबाट गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको जुलाई ३१ मा सम्पन्न निर्वाचनबाट उनी सन् २०२३ सम्मको कार्यकालका लागि उपाध्यक्ष चुनिएकी हुन् ।
‘यो विजयले मलाई एनआरएनएको नेपालीको लागि नेपाली अभियानमा थप जिम्मेवारी र दायित्व थपिएको महसुस गरेकी छु,’ नवनिर्वाचित उपाध्यक्ष करुणाले लेखेकी छन्, ‘यहाँहरुले दिएको जिम्मेवारीलाई निष्ठा र इमान्दारीपुर्वक वहन गर्ने बिश्वास दिलाउन चाहन्छु ।’ करुणा सामाजिक सेवामा समेत क्रियासिल छन् ।