Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण

    प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण


    • बिहिवार, श्रावण २१ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण
    सांकेतिक तस्बिर

    विराटनगर । साउन २१, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ । २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसरीमा ८५, इलाममा २२, धनकुटामा १६, उदयपुरमा ९, भोजपुरमा ३, पाँचथर, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेर्‍हथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

    झापाको विर्तामोडमा १२२, दमकमा ६५, कनकाईमा ५६, अर्जुनधारामा ४६, मेचीनगरमा ३१, शिवसताक्षीमा २६, भद्रपुरमा २२, बुद्धशान्ति र कमल गाउँपालिकामा १२–१२, गौरादहमा ९, हल्दिबारीमा ५, बार्‍हदशी र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्जमा ३, झापा गाउँपालिकामा १, मोरङको विराटनगरमा ७२, पथरीशनिश्चरेमा ४६, उर्लाबारीमा १७, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, लेटाङ र बेलबारीमा ४–४, रंगेलीमा ३, ग्रामथान, केराबारी, रतुवामाई, कानेपोखरी, मिक्लाजुङ र धनपालथानमा २–२, सुनबर्षीमा १, सुनसरीको धरानमा ४८, इटहरीमा २७, इनरुवामा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा ११, माईमा ५, चुलाचुली र रोङमा ३–३, धनकुटाको धनकुटा नगरपालिकामा १२, पाख्रिबासमा २, महालक्ष्मी र शहिदभूमीमा १–१, उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र बेलकामा १–१, भोजपुरको अरुणमा २, पौवादुङ्मामा १, पाँचथरको हिलिहाङ, ताप्लेजुङको श्रीजंगा, सोलुखुम्वु, संखुवासभाको खाँदबारी, तेर्‍हथुम र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ६३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९२ महिला र ३४१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार