Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दिक्तेल रुपाकोट मझुवागढी नगरलाई पूर्ण रुपमा बन्द गर्ने तयारी

    दिक्तेल रुपाकोट मझुवागढी नगरलाई पूर्ण रुपमा बन्द गर्ने तयारी


    • बुधवार, श्रावण २७ २०७८

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरलाई पूर्ण रुपमा बन्द गर्ने तयारी
    दिक्तेल बजार:तस्बिर सौजन्य

    खोटाङ । साउन २७, दिनानुदिन कोभिड–१९ को संक्रमण दर बढ्न थालेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण रुपमा बन्द गर्ने तयारी गरिएको छ ।

    दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमण दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई १० दिनका लागि बन्द गर्ने तयारी गरिएको हो ।

    राजनीतिक दल, सुरक्षा निकाय, उद्योग ब्यबसायी, यातायात ब्यबसायी, होटल ब्यबसायी लगायतको बुधबार नगरपालिकामा बसेको बैठकले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै आगामी भदौ १ गतेदेखि १० गतेसम्मका लागि नगरपालिकालाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले १० दिने बन्दका क्रममा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका अन्य सामग्रीको ब्यबस्था मिलाउन नगरबासीलाई आग्रह गरेको छ ।

    पछिल्लो समय खोटाङमा कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा पुःन संक्रमण दर तिव्र गतिमा बढ्न थालेको छ । खुला आवत–जावत, स्वास्थ्य सुरक्षाको पालनामा हेलचक्र्याँइ लगायतका कारण संक्रमण दर पुःन बढेको हो ।

    हाल हाटबजार, होटल तथा पसल, सरकारी तथा गैर–सरकारी कार्यालयमा स्वास्थ्य सुरक्षाको पालनामा बेवास्ता गर्न थालिएको छ । संक्रमित क्षेत्रसँगको सिधा यातायात सम्पर्कका कारण पनि संक्रमण फैलिएको अनुमान गरिएको छ ।

    सम्बन्धित समाचार