शनिवार, श्रावण ३० २०७८
नेपाल वाइड
खोटाङ । साउन ३०, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कोभिड–१९ को संक्रमण जितेका दुई स्थानीयलाई अविर लगाएर विदाई गरिएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पतालबाट कोभिड–१९ को संक्रमण जितेका याम्खाकै २१ वर्षीय महेश राई र ५२ वर्षीय हर्क दमाईलाई अबिर लगाएर विदाई गरिएको हो ।
कोभिड–१९ को संक्रमणबाट निको भएका राई र दमाईलाई शुक्रबार दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले विदाई गरेका हुन् । कोभिड–१९ को संक्रमण भएपछि राई साउन १७ गते र दमाई साउन १८ गते अस्थायी कोभिड अस्पताल भर्ना भएका थिए ।
७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा हालसम्म ७९३ जनाको परिक्षण गर्दा २८२ जनालाई कोरोना पोजिटिभ देखिएको छ । संक्रमितमध्ये १९८ जना निको भइसकेको गाउँपालिकाले जनाएको छ ।
हाल गाउँपालिकामा ८४ जना क्रियासिल संक्रमित छन् । त्यसमध्ये होम आइसोलेसनमा ८१ जना र अस्पतालमा ३ जना उपचाररत रहेको गाउँपालिका अध्यक्ष राईले बताए ।