Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमणमुक्त

    प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमणमुक्त


    • आइतवार, श्रावण ३१ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । साउन ३१, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ ।

    झापाको विर्तामोडमा ३८, दमकमा २७, कनकाईमा २३, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, मेचीनगरमा ८, बुद्धशान्तिमा ६, गौरादह र बार्‍हदशीमा ५–५, भद्रपुर र कमलगाउँपालिकामा ३–३, हल्दिबारी र गौरीगञ्जमा १–१, मोरङको सुन्दरहरैचामा ५५, विराटनगरमा ३६, उर्लाबारीमा १४, मिक्लाजुङमा ४, केराबारीमा ३, कानेपोखरी, बेलबारी र रतुवामाईमा २–२, बुढीगंगा र लेटाङमा १–१, सुनसरीको इटहरीमा ८४, धरानमा ५, रामधुनीमा २, भोक्राहानरसिंह , दुहवी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदय र चुलाचुलीमा २–२, इलाम नगरपालिका, सन्दकपुर, माईजोगमाई र मांसेबुङमा १–१, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र छथर जोरपाटीमा १–१, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७५ महिला र ३०३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार