Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    व्याण्ड भर्सेस ब्राण्ड :

    व्याण्ड भर्सेस ब्राण्ड प्रदेशको गौरवको योजना : मन्त्री राई

    व्याण्ड भर्सेस ब्राण्ड प्रदेशको गौरवको योजना : मन्त्री राई


    • सोमवार, श्रावण ३२ २०७८

    • नेपाल वाइड


    व्याण्ड भर्सेस ब्राण्ड प्रदेशको गौरवको योजना : मन्त्री राई
    सामाजिक विकास मन्त्री उषाकला राई

    विराटनगर । साउन ३२, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताउनु भएको छ । उहाँले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना भएको बताउनुभयो ।

    सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले सो कुरा बताउनु भएको छ ।

    उहाँले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अबधारणा ल्याईएको बताउनुभयो । कानुन अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्ने मन्त्री राईले बताउनुभयो । प्रतिवेदन ग्रहण गर्दै उहाँले भन्नुभयो,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो ।’

    photo 1 (2).JPG
    व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन प्रतिवेदन ग्रहण गर्नुहुदै मन्त्री उषाकला राई

    प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन शुरु गर्ने मन्त्री राईको भनाई छ । उहाँले बनमारा मासेर कोदो लगाईने बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोपीने छ ।’ सामाजिक विकास मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारी गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो,‘विदेशीहरु नेपाली उत्पादन खोजेर बसेका छन् , हामी दिन सकिरहेका छैनौं ।’ व्याण्ड भर्सेस ब्राण्ड समाजवादको सुत्रधार समेत रहेको बताउँदै उहाँले सयौं योजनाहरु इसमा रहेको बताउनुभयो ।

    नेपाली घरेलु मदिराको उत्पादन शुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उहाँको दावी छ । उहाँले गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञलगायतको टिम निर्माण गरिने जानकारी दिनुभयो ।

    कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूणै लोक्सोमले व्याण्ड भर्सेस ब्राण्ड बृहत अवधारणा भएको बताउनुभयो । उहाँले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो ।

    सम्बन्धित समाचार