Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कविता

    जसको घाटी थिच्यौ

    जसको घाटी थिच्यौ


    • सोमवार, श्रावण ३२ २०७८

    • नेपाल वाइड


    जसको घाटी थिच्यौ
    चित्र सुवेदी

    जसको घाटी थिच्यौ

    मरेको घोषणा गर्यौ

    भन्यौ

    यो बाच्नु हुदैन

    यो मर्नु पर्छ

    अर्को जन्मीनु पर्छ 

    । । 

    उ मर्ने बेला भएको थिएन

    बाच्यो

    तिमिलाई पनि थाहा हुनुपर्ने

    हत्या गर्नु पाप हो

    अपराध हो

    बाचेर

    जव हिड्न खोज्दै थियो

    फेरी

    मध्यरातमा घाटी थिच्यौ 

    । । 

    र भन्यौ

    यो मर्यो मर्र्नु पर्छ

    बाच्नु हुदैन

    निर्देशन दियौ

    अर्को जन्माउनु भनेर

    तर

    मर्ने बेला नभएकैले

    उ बाच्नु पर्थ्यो बाच्यो

    जसको पटक पटक हत्या गर्न खोज्यौ

    । । 

    अहिले भन्छौ

    यो हाम्रो पसिनाको देन हो

    यसलाई जिवन्त राख्नु

    हाम्रो कर्तब्य हो

    लाज पचेपछी कस्का बाउको

    के लाग्दो रहेछ र

    नाङा मान्छेलाई

    लुगा लगाउनु भन्नु भन्दा

    आफै मुख छोप्नु बेश हुने रहेछ

    होसीयार यहाँ नाङाहरुहो विग विगी छ । 

    सम्बन्धित समाचार