Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कोरोना कहर

    दिक्तेल रुपाकोट मझुवागढी १० दिनका लागि बन्द हुने

    दिक्तेल रुपाकोट मझुवागढी १० दिनका लागि बन्द हुने


    • सोमवार, श्रावण ३२ २०७८

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी १० दिनका लागि बन्द हुने
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ । साउन ३२, दिनानुदिन कोभिड–१९ को संक्रमण दर बढ्न थालेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई १० दिनका लागि बन्द गर्ने तयारी गरिएको छ ।

    दैनिक जसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमणदर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई मंगलबारदेखि भदौ १० गतेसम्म सिल गर्ने तयारी गरिएको हो ।

    नगरपालिका भित्र कोभिड–१९ को संक्रमण दर बढ्न सक्ने सम्भावना देखिएको र उच्च सतर्कता अपनाउनु पर्ने भन्दै साउन २७ गतेको बैठकको निर्णय अनुसार नगरपालिकालाई १० दिन सिल गर्न लागिएको मेयर दिपनारायण रिजालले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

    आठ बुँदे विज्ञाप्तीमा पसल, इन्धन, तरकारी पसल र अन्य अत्यवश्यक कामका लागि सञ्चालन गर्नुपर्ने बाहेकका होटल, व्यापार व्यवसाय तथा यातायातका साधन पूर्णरुपमा बन्द गर्ने भनिएको छ ।

    यस्तै, नगरभित्रका सरकारी, गैर–सरकारी, संस्थान, बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयको सेवा, हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पूजा लगायत अन्य भिडभाड हुने क्षेत्र बन्द गरिने नगरपालिकाले जनाएको छ ।

    नगरले अत्यावश्यक सेवाका लागि बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाई उच्च स्वास्थ्य सतर्कता अपनाएर मात्र निस्कन भनेको छ ।

    यद्यपी, यसको प्रभावकारी कार्यान्वयनको पक्ष भने हेर्न बाँकी छ । यसअघिका बन्दमा बैंक तथा वित्तिय संस्था र कतिपय सरकारी कार्यालयलाई खोल्ने छुट दिएर व्यापार व्यवसाय मात्र बन्द गर्न खोजेको व्यवसायीको गुनासो थियो ।

    सम्बन्धित समाचार