Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला

    राजेशपायल राईको अर्को सुपरहिट गीत ‘हौवा हौ दर्शन नमस्ते’ सार्वजनिक (भिडियो सहित)

    राजेशपायल राईको अर्को सुपरहिट गीत ‘हौवा हौ दर्शन नमस्ते’ सार्वजनिक (भिडियो सहित)


    • मंगलवार, भाद्र १ २०७८

    • नेपाल वाइड


    राजेशपायल राईको अर्को सुपरहिट गीत ‘हौवा हौ दर्शन नमस्ते’ सार्वजनिक (भिडियो सहित)

    खोटाङ । भदौ १, नेपाली संगीत क्षेत्रका मेगास्टार राजेशपायल राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘राई इज किङ’ भनेर चिनिने चर्चित गायक राईको ‘हौवा हौ दर्शन नमस्ते’ बोलको गीत सार्वजनिक भएको हो ।

    hauwaa 122.png

    मेगास्टार राजेशपायल राई

    साँढे पाँच मिनेट लामो लिरिकल भिडियो सहितको गीत स्वयं गायक राईको राजेशपायल राई यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा बिकास संगम राईको शव्द, बिक्रम राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ । ‘हौवा हौ दर्शन नमस्ते’ बोलको गीतलाई राईको सुपरहिट एल्बम ‘दर्शन नमस्ते’को पाँचौ भाग ‘दर्शन नमस्ते–५’ एल्बममा समाबेश गरिने बताइएको छ ।

    आफुले मायाँ गरेको मायाँलुको चर्चा गर्दै प्रेमभाव दर्शाइएको सो गीतलाई छोटो समयममै यूटुवमा एक लाखभन्दाले भ्यूज गरिसकेका छन् । ‘दर्शन नमस्ते–५’मै समावेश गरिने ‘देमसारो’ बोलको गीत पनि चर्चित बनिसकेको छ ।

    hauwa 12.png
    संगितकार विक्रम राई

    खोटाङकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा ठेगाना भएका गायक राईका हरेक गीत सुपरहिट छन । पछिल्लो गितहरु दर्शन नमस्ते, शिरैबन्दी शिरफूल, सेवा छ भन्छु, म त मर्छु की क्याहो ठुली, दुई चुल्ठी बाट्नेलाई, टल–टल टल्किने, ज्यान मायाँलगायत दर्जनौ उनका सुपरहिट गीत हुन् ।

    भिडियो....

    सम्बन्धित समाचार