Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला

    ‘तिम्रो नयन’ लिएर आईन् गायीका रश्मी (भिडियो सहित )

    ‘तिम्रो नयन’ लिएर आईन् गायीका रश्मी (भिडियो सहित )


    • बुधवार, भाद्र २ २०७८

    • नेपाल वाइड


    ‘तिम्रो नयन’ लिएर आईन् गायीका रश्मी (भिडियो सहित )
    गायीका रश्मी राई ।

    खोटाङ । भदौ २, खोटाङकी गायीका रश्मी राई पुःन नयाँ म्यूजिक भिडियो लिएर आएकी छन् । रश्मीको स्वर, रोज लामा योञ्जनको शव्द र सुवाष चाम्लिङको संगीत रहेको ‘तिम्रो नयन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    सुवाष चाम्लिङको निर्देशन रहेको म्यूजिक भिडियो युमा आर्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । मेगना मगरातीको छायाँकन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा विशाल लिम्बू र शिखा राईको अभिनय रहेको छ ।

    कोभिड–१९ का कारण लागू गरिएको निषेधाज्ञाको बीचमा गायीका राईको स्वरमा सजिएको नयाँ गीत बजारमा आएको हो । यसअघि गत साउन तेश्रो साता पनि गायीका राईको स्वर रहेको ‘सेवा सेवारो’ बोलको गीत सार्वजनिक भएको थियो । सो गीत उनको आफ्नै यूटुब च्यानल रश्मी राई अफिसियलमा साउन १९ गते अपलोड गरिएको छ ।

    जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय चुम्लुङकी गायीका रश्मीले हालसम्म लोक, आधुनिक र पप लयका दुई दर्जन बढि कलेक्सन गीतमा स्वर दिइसकेकी छन् ।

    ‘एक, दुई, तीन भन्दै मायाँको गन्ती सुरु भो’ बोलको गीतमा स्वर दिएर सांगीतिक आकाशमा औपचारिकरुपमा प्रवेश गरेकी राई छोटो समयमै दर्शक/श्रोतको मनमा बस्न सफल भएकी छन् । बढिजसो युवा पुस्ताले रुचाउने गीतमा स्वर दिएकी उनी विभिन्न ठाउँमा आयोजित स्टेज पर्फमेन्समा पनि उत्तिकै जम्ने गरेकी छन् ।

    भिडियो लिङ्क....

    सम्बन्धित समाचार