Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images
    अफगानिस्तान द्वन्द्व:

    तालिबानद्वारा नियन्त्रणपछि त्यहाँको पछिल्लो अवस्था कस्तो छ ?

    तालिबानद्वारा नियन्त्रणपछि त्यहाँको पछिल्लो अवस्था कस्तो छ ?


    • बिहिवार, भाद्र ३ २०७८

    • नेपाल वाइड


    तालिबानद्वारा नियन्त्रणपछि त्यहाँको पछिल्लो अवस्था कस्तो छ ?

    बीबीसी । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ । उसले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबानविरोधी प्रदर्शनलाई दमन गरेको बताइएको छ ।

    त्यहाँ उनीहरूले कैयौँ मानिसहरूलाई गोली हानेको र केहीको निधन भएको खबर आएको छ । उनीहरूले कुनार प्रान्तमा पनि तीनजना बालकलाई गोली हानेर घाइते बनाएको विवरण आएको छ ।

    काबुलस्थित बीबीसी संवाददाताका अनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूहरूले गस्ती गरिरहेका छन् । सडकमा महिलाको सङ्ख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ ।

    काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम छ । तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानहरूलाई रोकिरहेका छन् ।

    काबुल विमानस्थल

    तस्बिर  REUTERS

    उनीहरूले त्यसक्रममा हावामा गोली समेत चलाएको खबर छ । यात्राका लागि आवश्यक कागजात भएका कतिपयलाई पनि उनीहरूले रोकेको खबर छ । 

    कतिपय देशहरूले आफ्ना नागरिकका साथमा उनीहरूका सहकर्मीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा फिर्ता गरिरहेका बेला विमानस्थलमा अराजक अवस्था देखा परेको हो ।

    उक्त विमानस्थलबाट करिब ५,००० जनालाई विगत २४ घण्टामा उद्धार गरिएको छ । अहिले अमेरिकाले खटाएको विशेष फौजले उक्त विमानस्थल चलाइरहेको छ ।

    पश्चिमी देशका एकजना अधिकारीले रोयटर्स समाचार संस्थालाई भनेका छन्, "यो एकदमै अस्तव्यस्त र अराजक अवस्थामा छ ।" तालिबानले अमेरिकी राहदानी भएकाहरूलाई चाहिँ विमानस्थल पस्न दिएका छन् ।

    तालिबानले गत आइतवार कैयौँ पश्चिमा शक्ति राष्ट्रहरूलाई आश्चर्यचकित पार्नेगरी काबुलमा नियन्त्रण कायम गरेको थियो । अमेरिकी नेतृत्वको फौज अफगानिस्तानबाट फर्किएपछि उसले देशैभरि आफ्नो नियन्त्रण विस्तार गरेको थियो ।

    सम्बन्धित समाचार