Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images
    अफगानिस्तान द्वन्द्व:

    संयुक्त राष्ट्रसङ्घीय दस्तावेज भन्छ 'तालिबानले घरघर गएर तलासी लिइरहेका छन्'

    संयुक्त राष्ट्रसङ्घीय दस्तावेज भन्छ 'तालिबानले घरघर गएर तलासी लिइरहेका छन्'


    • शुक्रवार, भाद्र ४ २०७८

    • नेपाल वाइड


    संयुक्त राष्ट्रसङ्घीय दस्तावेज भन्छ 'तालिबानले घरघर गएर तलासी लिइरहेका छन्'
    EPA

    बीबीसी । संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ ।

    उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ । उक्त कट्टरपन्थी इस्लामवादी समूहले शक्ति हातमा लिएपछि अफगानहरूलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो ।

    तर अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको छ । तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका "सहयोगीहरू"लाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो ।

    "तालिबानद्वारा तारो बनाइएका व्यक्तिहरू अहिले उच्च सङ्ख्यामा रहेका छन् र तिनलाई धम्की दिइएको कुरा स्पष्ट छ," उक्त प्रतिवेदन बनाउने समूहको नेतृत्व गर्ने क्रिश्चियन नेलेमेनले बीबीसीसँग भने । उनले तालिबानको सूचीमा रहेकाहरू एकदमै धेरै खतरामा रहेको र अफगानिस्तानमा आमहत्या हुनसक्ने चेतावनी पनि दिएका छन् ।

    सम्बन्धित समाचार