Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मलेप प्रतिवेदन :

    करोडौं बेरुजुले थलिए खोटाङका स्थानीय तह, कुन स्थानिय तहमा कति बेरुजु ?

    करोडौं बेरुजुले थलिए खोटाङका स्थानीय तह, कुन स्थानिय तहमा कति बेरुजु ?


    • शुक्रवार, भाद्र ४ २०७८

    • नेपाल वाइड


    करोडौं बेरुजुले थलिए खोटाङका स्थानीय तह, कुन स्थानिय तहमा कति बेरुजु ?
    सांकेतिक तस्बिर

    खोटाङ । भदौ ४, महालेखा परिक्षकले खोटाङका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । शुक्रबार सार्वजनिक महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ का अनुशार जिल्लाका १० स्थानीय तह बेरुजुले थलिएको पाइएको हो ।

    महालेखाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ऐसेलुखर्क गाउँपालिकाको बेरुजु ३ करोड ५७ लाख ४२ हजार, केपिलासगढी गाउँपालिकाको बेरुजु ६ करोड ३५ लाख ६४ हजार, खोटेहाङ गाउँपालिकाको बेरजु ३ करोड २ लाख ३ हजार, जन्तेढुंगा गाउँपालिकाको बेरुजु ७ करोड ८८ लाख ५८ हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बेरुजु ३ करोड ४५ लाख ६५ हजार उल्लेख छ ।

    यस्तै, बराहपोखरी गाउँपालिकाको बेरुजु ४ करोड १० लाख ९ हजार, रावाबेँसी गाउँपालिकाको बेरुजु १ करोड ७८ लाख ५४ हजार, साकेला गाउँपालिकाको बेरुजु ४ करोड १३ लाख ३८ हजार, हलेसी तुवाचुङ नगरपालिकाको बेरुजु ४ करोड २९ लाख ९२ हजार र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बेरुजु २ करोड ९३ लाख ५३ हजार उल्लेख छ ।

    (हेर्नुस् महालेखाको प्रतिबेदन) ।

    Bereju Khotang 1123.jpg

     

    सम्बन्धित समाचार