Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मनोरञ्जन

    युट्युवमा ‘उल्झन’ सार्वजनिक (भिडियो सहित)

    युट्युवमा ‘उल्झन’ सार्वजनिक (भिडियो सहित)


    • मंगलवार, भाद्र ८ २०७८

    • नेपाल वाइड


    युट्युवमा ‘उल्झन’ सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ । कोरोना लगायत विभिन्न कारणले प्रचार–प्रसार गरेर पनि सार्वजनिक प्रदर्शनमा आउन नसकेको फिल्म ‘उल्झन’ सार्वजनिक भएको छ । निर्माण युनिटले सार्वजनिक प्रदर्शनको माहोल अनिश्चित भएपछि युट्युबमार्फत सार्वजनिक गरेको हो । विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखको कथामा बनेको फिल्म राजु अधिकारीले निर्देशन गरेका हुन् ।

    फिल्म थिएटर रिलिज निश्चित नभएको कारणले डिजिटल प्लेकार्ड युट्युवमा रिलिज गरिएको निर्माता हरि कार्कीले बताए । आशुतोष फिल्मसको ब्यानरमा निर्मित, तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा फिल्ममा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, विबेनी ढुङ्गानालगायतको अभिनय देख्न सकिन्छ ।

    सन्तोष अधिकारी र हरि कार्कीको संयुक्त निर्माण गरेको फिल्ममा हीरामणि न्यौपाने र दिनेश गौतमको संगीत, रामप्रसाद कँडेलको गीत, कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायाँकन र आरती अधिकारी आचार्यको लेखन छ । निर्देशक अधिकारीको अर्को फिल्म ‘माया बस्छ कि के हो’ समेत रिलिजको तयारीमा रहेको छ ।

    भिडियो लिङ्क...

    सम्बन्धित समाचार