Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ६११ जनामा कोरोना पुष्टि, ५ सय ५४ जना संक्रमणमुक्त

    प्रदेश १ मा ६११ जनामा कोरोना पुष्टि, ५ सय ५४ जना संक्रमणमुक्त


    • बुधवार, भाद्र ९ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ६११ जनामा कोरोना पुष्टि, ५ सय ५४ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । भदौ ९, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टीजोन परीक्षण गर्दा २७३ जनाको रिर्पाेट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, उदयपुरमा ४, संखुवासभामा ३, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ४८, बेलबारीमा २४, सुन्दरहरैचामा १७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरी र मिक्लाजुङमा ३–३, लेटाङ, ग्रामथान र पथरीशनश्चिरेमा २–२, कानेपोखरी र केराबारीमा १–१, सुनसरीको इटहरीमा ७५, धरानमा १८, रामधुनीमा ५, बराहक्षेत्र र स्थानीय तह नखुलेका ४–४, इनरुवामा २, झापाको दमकमाम ५९, भद्रपुरमा ८, वर्तिामोडमा ७, हल्दबिारी र कमल गाउँपालिका ३–३, गौरादह र मेचीनगरमा २–२, अर्जुनधारा र झापा नगरपालिका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका २–२, चौवीसेमा १, इलामको इलाम नगरपालिका, माई, चुलाचुली, मांसेबुक र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा ३, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारीमा ३, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ५५४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६० महलिा र २९४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महलिा र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार