Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुंगा गाउँपालिका : आफ्नै भवनबाट सेवा प्रवाह सुरु

    जन्तेढुंगा गाउँपालिका : आफ्नै भवनबाट सेवा प्रवाह सुरु


    • बुधवार, भाद्र ९ २०७८

    • नेपाल वाइड


    जन्तेढुंगा गाउँपालिका : आफ्नै भवनबाट सेवा प्रवाह सुरु
    जन्तेढुंगा गाउँपालिकाको नवनिर्मित भवन ।

    खोटाङ । भदौ ९, खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । हालसम्म तत्कालिन चिसापानी गाबिसको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेर सेवा प्रवाह सुरु गरेको हो ।

    आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले विनियोजन गरेको ७१ लाख, आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारबाट प्राप्त ५० लाख र २०७७/०७८ मा संघीय सरकारबाट प्राप्त ८५ लाख गरी २ करोड ६ लाखमा गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो ।

    संघीय सरकारबाट प्राप्त १ करोडमध्ये १५ लाख बजेट फ्रिज भएको गाउँपालिकाका सामाजिक बिकास शाखाका प्रमुख बिदुरमान राईले बताए । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिका अढाइ तले भवन बनिनसक्दै एक तला फिनिसिङ गरेर सरेको हो ।

    गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा, इन्जिनियर, आइटी, सभाहल गरी १० कोठा भएको एक तले भवन निर्माण गरिएको छ ।

    गाउँपालिकाको भवनलाई अढाई तले बनाउने तयारी छ । बाँकी तला निर्माणका लागि पनि चालु आर्थिक वर्ष संघीय सरकारबाट १ करोड समपुरक अनुदान प्राप्त भएको सामाजिक बिकाश शाखा प्रमुख राईले बताए । कोभिड–१९ को महामारीका कारण गाउँपालिकाको भवन औपचारिक रुपमा उद्घाटन गर्न बाँकी रहेको जनाइएको छ ।

    सम्बन्धित समाचार