Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसिभि प्रहरीको नियन्त्रणमा

    अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसिभि प्रहरीको नियन्त्रणमा


    • बिहिवार, भाद्र १० २०७८

    • नेपाल वाइड


    अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसिभि प्रहरीको नियन्त्रणमा
    जिल्ला प्रहरी कार्यालय खोटाङ

    खोटाङ । भदौ १०, खोटाङमा अवैध रुपमा उत्खनन् गरिएको बालुवा ओसारपसार गरिरहेका ६ वटा ट्याक्टर र १ वटा जेसिभि (स्काभेटर)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले तीन वटा, प्रहरीचौकी बुईपाले एक वटा, बिमानस्थल सुरक्षागार्ड लामीडाँडाले दुई वटा ट्याक्टर र जिल्ला प्रहरी कार्यालयले जेसिभि (स्काभेटर) नियन्त्रणमा लिएको हो ।

    ईलाका प्रहरी कार्यालय हलेसीले स १ त ७८१५ नम्बर, ना ७ त ३३२९ नम्बर र ना ६ त ७०८७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । भदौ ८ गते नियन्त्रणमा लिइएको ट्याक्टर कारबाहीका लागि हलेसी तुवाचुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले जानकारी दिए ।

    यस्तै, प्रहरीचौकी बुईपाले भदौ ८ गते नियन्त्रणमा लिएको को २ त ७७५६ नम्बरको ट्याक्टर पनि आवश्यक कारबाहीका लागि हलेसी तुवाचुङ नगरपालिका पठाइएको छ ।

    प्रहरीका अनुसार लामीडाँडा बिमानस्थल सुरक्षागार्डले भदौ ९ गते ना ५ त ६६०० नम्बर र प्र २–०३–०११ त ३२९४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

    लामीडाँडा बिमानस्थल सुरक्षागार्डले नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि रावाबेँसी गाउँपालिकालाई बुझाइएको छ ।

    यस्तै, जिल्ला प्रहरी कार्यालयले भदौ ९ गते नियन्त्रणमा लिएको जेसिभि (स्काभेटर)लाई कारबाहीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार