Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लगाइएको सिल खुकुलो पारियो

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लगाइएको सिल खुकुलो पारियो


    • शुक्रवार, भाद्र ११ २०७८

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लगाइएको सिल खुकुलो पारियो
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ । भदौ ११, कोभिड–१९ को संक्रमण दर तिव्र गतिमा बढेका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लगाइएको सिल खुकुलो पारिएको छ ।

    दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमितको दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई भदौ १ गतेदेखि भदौ १० गतेसम्मका लागि सिल गरिएको थियो ।

    १० दिनको सिलले संक्रमण दर आंशिक रुपमा नियन्त्रण भएको निष्कर्ष निकाल्दै नगरपालिकाले सभा, सम्मेलन, गोष्ठी, जुलुस, हाटबजार, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा हुने भिडभाडजन्य गतिविधि बाहेक अन्य क्षेत्रलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

    सिल खुकुलो पारिए पनि साँझ ७ बजेभन्दा पछि होटल, पसललगायतका अन्य कुनै पनि ब्यबसाय सञ्चालन नगर्न/नगराउन भनेको छ । सिल खुकुलो पारिएसँगै शुक्रबार बिहानदेखि दिक्तेलबाट सञ्चालन हुने यातायातका सवारी साधन सुचारु भएको छ ।

    सरकारी कार्यालय तथा वित्तीय कार्यालयको सेवा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सुचारु गराइएको नगरपालिकाले जनाएको छ ।

     

    सम्बन्धित समाचार