शुक्रवार, भाद्र ११ २०७८
नेपाल वाइड
खोटाङ । भदौ ११, जिल्ला प्रशासन कार्यालय खोटाङले अफगानिस्तानमा रहेका नागरिकको विवरण उपलव्ध गराउन स्थानीय तहलाई पत्राचार गरेको छ ।
पछिल्लो समय अफगानिस्तानमा देखिएको राजनैतिक उतार चढावका कारण असुरक्षित बनेका जिल्लाबासीको सुरक्षित उद्धार गर्ने प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयले अफगानिस्तानमा रहेका नागरिकको विवरण संकलन गरेर उपलव्ध गराउन स्थानीय तहलाई पत्राचार गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले भदौ ९ गते जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकालाई पत्र पठाउँदै अफगानिस्तानमा रहेका स्थानीयको विवरण यथाशिघ्र उपलव्ध गराउन आग्रह गरेका हुन् ।