Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    साहित्य

    चक्रबहादुर राईको कविता संग्रह ‘गमला’ बिमोचन

    चक्रबहादुर राईको कविता संग्रह ‘गमला’ बिमोचन


    • आइतवार, भाद्र १३ २०७८

    • नेपाल वाइड


    चक्रबहादुर राईको कविता संग्रह ‘गमला’ बिमोचन
    कविता संग्रह ‘गमला’ विमोचन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई ।

    खोटाङ । भदौ १३, खोटाङका कवि चक्रबहादुर राईको कविता संग्रह ‘गमला’ बिमोचन गरिएको छ । हलेसी तुवाचुङनगरपालिका–५ दुर्छिम निवासी कवि राईको कविता संग्रह शनिबार सोही नगरपालिकाका मेयर इवन राईले विमोचन गरेका हुन् ।

    २०६० सालमा कविता संग्रह ‘प्रतिमाको इतिहास’ लेखेका राईले माईली छोरी गमलाको वियोगमा छोरीकै नाममा कविता संग्रह तयार पारेका हुन् ।

    नगरपालिकाको आर्थिक सहयोग र अदृश्य कला केन्द्रको समन्जयमा प्रकाशन गरिएको गमलामा ३३ वटा कविता समेटिएका छन् । गमलामा वियोगान्त सहित विभिन्न रसका कविता स्वादन गर्न सकिने कवि मनकुमार राई (अकेला यात्री)ले समिक्षा गरेका छन् । कवि राई राजनीतिकर्मी पनि हुन् ।

    कार्यक्रममा मेयर राईले साहित्यीक श्रष्टा र सृजनाको विकासमा नगरपालिकाले सदैव कदर र सहयोग गर्ने बताए । विमोचन कार्यक्रम अदृश्य कला केन्द्रका अध्यक्ष कुबेर राईको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।

    कार्यक्रममा कांग्रेसका जिल्ला कार्य समिति सदस्य चक्रकुमार राई, जनता समाजबादी पार्टीका नगरपालिका अध्यक्ष मबिन्द्र राई लगायतको उपस्थिति थियो ।

    सम्बन्धित समाचार