Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तावा खोला मोटरेबल पुल अन्तिम चरणमा, वारपार गर्न थाले सवारी साधन

    तावा खोला मोटरेबल पुल अन्तिम चरणमा, वारपार गर्न थाले सवारी साधन


    • सोमवार, भाद्र १४ २०७८

    • नेपाल वाइड


    तावा खोला मोटरेबल पुल अन्तिम चरणमा, वारपार गर्न थाले सवारी साधन
    मात्तिम र टेम्मा जोड्ने तावा खोलाको नवनिर्मित पुल । तस्बिर : धनपाल राईको फेसबुक

    खोटाङ । भदौ १४, खोटाङको साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा जोड्ने तावा खोला मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ ।

    दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने स्टील आरसिसि पुल निर्माणको काम सम्झौता म्याद नाघेको १ वर्ष २० महिनापछि अन्तिम चरणमा पुगेको हो । पुलको वारिपारी पुल र सडकलाई जोड्ने ग्याविन वाल र पेन्टिङ बाहेकका काम पुरा भएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

    ५० मिटर लम्बाई भएको पुलको केही काम बाँकी भएपनि हाल मोटरसाईकल तथा अन्य सवारी साधन वारपार गर्न थालेको छ । पुलबाटै सवारी साधन वारपार गर्न थालेपछि वर्षा याममा भलबाढीका कारण रोकिनुपर्ने वाध्यता भने अन्त्या भएको छ ।

    नेशनल महाबीर सिद्धिसाई जेभी पुरानो बानेश्वर, काठ्माण्डौंले १८ महिनाभित्र पुरा गर्नेगरी २०७५ साल बैसाख २१ गते पुल निर्माणको सम्झौता गरेको थियो ।

    स्थानीय पुर्वाधार विभाग (डोली) को ४ करोड ५१ लाख ३५ हजार (भ्याट सहित) मा पूरा गर्नेगरी पुलको काम नेशनल महाबीर सिद्धिसाई जेभीले ठेक्का लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि कर्ण खत्रीले भने पुलको रंगरोगन बाहेकका काम सम्पन्न भइसकेको बताउनुभयो ।

    सम्बन्धित समाचार