Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ५७४ जनामा कोराना पुष्टि, ३ सय ८८ जना संक्रमणमुक्त

    प्रदेश १ मा ५७४ जनामा कोराना पुष्टि, ३ सय ८८ जना संक्रमणमुक्त


    • सोमवार, भाद्र १४ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ५७४ जनामा कोराना पुष्टि, ३ सय ८८ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, १४ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८१ ज्नाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीगण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा ८, पाँचथरमा ३, संखुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र तेर्‍हथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

    झापाको विर्तामोडमा ४८, दमकमा २८, भद्रपुरमा २०, शिवसताक्षीमा १८, अर्जुनधारामा १२, मेचीनगर र कनकाईमा १०–१०, बुद्धशान्ति र कमल गाउँपालिका ९–९, बार्‍हदशीमा ४, हल्दिबारीमा २ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ४२, बेलबारीमा २२, सुन्दरहरैचामा १४, उर्लाबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ३, कानेपोखरी र ग्रामथानमा २–२, रतुवामाई र लेटाङमा १–१, सुनसरीको इटहरीमा ६६, धरानमा १९, दुहवी र इनरुवामा ३–३, रामधुनीमा २, बर्जु, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदयमा ३, देउमाई, इलाम नगरपालिका, रोङ र चुलाचुलीमा २–२, स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा ४, चौदण्डीगढीमा ३, त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाँचथरको फिदिम, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, तेर्‍हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ३८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ८ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार