Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    धर्मसंस्कृति

    किरात राई चाम्लिङ खाम्बातिमले सिरिजंगा लिपी अपनाउने

    किरात राई चाम्लिङ खाम्बातिमले सिरिजंगा लिपी अपनाउने


    • मंगलवार, भाद्र १५ २०७८

    • नेपाल वाइड


    किरात राई चाम्लिङ खाम्बातिमले सिरिजंगा लिपी अपनाउने
    सिरिजंगा लिपीको प्रयोग सम्वन्धी किरात राई चाम्लिङ खाम्बातिमले आयोजना गरेको कार्यशालामा सहभागी । तस्बिर सौजन्य :  तिलक चाम्लिङ

    खोटाङ । भदौ १५, किरात राई चाम्लिङ खाम्बातिमले सिरिजंगा लिपी अपनाउने भएको छ । हालसम्म नेपाली भाषाको देवनागरिक लिपी प्रयोग गर्दैआएको किरात राई समुदायको साझा संस्था किरात राई चाम्लिङ खाम्बातिमले आगामी दिनमा किरात सिरिजंगा लिपी प्रयोग गर्ने भएको हो ।

    सिरिजंगा लिपी प्रयोगका लागि किरात राई चाम्लिङ खाम्बातिमले पहिलो चरणमा किरात राई यायोक्खाको कार्यालय कोटेश्वर काठ्माण्डौंमा किरात सिरिजंगा लिपि लेखन कार्यशाला गरेको हो ।

    खाम्बातिमले काठमाडौंमा रहेका भाषिक अभियान्ता तथा संस्कृतिकर्मीलाई भेला गरेर सिरिजंगा लिपि लेखन कार्यशाला गरेको चाम्लिङ भाषामा प्रकाशन हुँदैआएको सितिमि मासिकका सम्पादक तिलक चाम्लिङले बताए ।

    हालसम्म देवनागरिक लिपी प्रयोग गर्दैआएको खाम्बातिमले आगामी दिनमा चाम्लिङ भाषाको पाठ्यापुस्तक, चाम्लिङ खाम्बातिमसँग सम्वन्धित पुस्तक, जर्नल, पत्रपत्रिका, मुखपत्रमा सिरिजंगा लिपीलाई प्रयोग गर्ने निर्णय गरेको जनाएको छ ।

    कार्यशालामा चाम्लिङ वर्णमाला तथा किराती भाषाको साझा लिपिबारे भाषाविद् डा‍. तारामनि राई र किरात लिपि तथा यसको औचित्यबारे किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले प्रष्ट पारेका थिए ।

    खाम्बातिमले चाम्लिङ राई समुदायलाई सिरिजंगा लिपी सिकाउनका लागि गाउँ–गाउँमा प्रशिक्षक खटाउने पत्रकार चाम्लिङले बताए ।सिरिजंगा प्रथमले आविष्कार गरेको सिरिजंगा लिपीलाई विशेषगरी लिम्बू र राई समुदायले किरात लिपीका रुपमा समेत बुझ्न् गरेका छन् ।

    सम्बन्धित समाचार