Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा कोरोना संक्रमणमुक्त हुनेको दर बढ्दै

    प्रदेश १ मा कोरोना संक्रमणमुक्त हुनेको दर बढ्दै


    • बुधवार, भाद्र १६ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा कोरोना संक्रमणमुक्त हुनेको दर बढ्दै
    सांकेतिक तस्बिर

    विराटनगर । १६ भदौ,  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८, धनकुटामा ५, भोजपुरमा ३, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

    झापाको दमक र भद्रपुरमा १५–१५, मेचीनगरमा १२, शिवसताक्षीमा ११, विर्तामोडमा १०, कनकाईमा ९, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ५, गौरादह र बाहृदशीमा ३–३ , बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिकामा २–२, मोरङको विराटनगरमा ३४, बेलबारीमा १७, सुन्दरहरैचामा ६, उर्लाबारीमा ५, बुढीगंगामा ३, कानेपोखरीमा २, पथरीशनिश्चरे, ग्रामथान, केराबारी, कटहरी, रंगेली र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ३०, धरानमा २१, इनरुवामा ३, दुहवीमा २, बराहक्षेत्र, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १–१, इलामको इलाम नगरपालिकामा ६, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर जोरपाटीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ३९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार