बुधवार, भाद्र १६ २०७८
नेपाल वाइड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने भएकाे छ । बुधबार बोर्डले ३० भदौदेखि ८ असोजसम्म परीक्षा तालिका सार्वजनिक गरेकाे छ ।
परीक्षा हाेम सेन्टरबाटै सञ्चालन हुने छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । यस अघि ३१ साउनदेखि ताेकिएकाे परीक्षा कोभिड- १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएकाे थियो ।