Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कलाकार निशा घिमिरेको निधन

    कलाकार निशा घिमिरेको निधन


    • बुधवार, भाद्र १६ २०७८

    • नेपाल वाइड


    कलाकार निशा घिमिरेको निधन
    स्व. निशा घिमिरे

    काठमाण्डौ । नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए ।

    घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन् । पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो । बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो ।

    ‘लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन,’ प्रवक्ता बाँस्तोलाले भने, ‘उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो ।’ उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन् । जिउँदो लाश जस्तो भएर घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निशुल्क उपचार थालेको थियो ।

    ‘अस्पतालको सिसियुमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौ, ’नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने, ‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’

    सम्बन्धित समाचार