Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शिक्षासेवीको निधनमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

    शिक्षासेवीको निधनमा गाउँपालिकाले दियो सार्वजनिक बिदा


    • बिहिवार, भाद्र १७ २०७८

    • नेपाल वाइड


    शिक्षासेवीको निधनमा गाउँपालिकाले दियो सार्वजनिक बिदा
    जन्तेढुंगा गाउँपालिकाको कार्यालय

    खोटाङ । भदौ १७, शिक्षासेवीको निधनमा खोटाङको जन्तेढुंगा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा निवासी शिक्षासेवी रेवतीरमण कोईरालाको निधनमा गाउँपालिकाले बिहिबार एक दिनका लागि सार्वजनिक शोक विदा गरेको हो । विक्रम संवत २००३ साल असार २३ गते जन्मिएका कोईरालाको बिहिबार बिहान ७ बजे निधन भएको हो ।

    कोईराला चिसापानी माविका पुर्व प्रधानाध्यपक हुन् । उनलाई सो क्षेत्रका शिक्षासेवी, शैक्षिक क्षेत्रका हस्ती एवं समाजसेवीका रुपमा सम्मान गर्ने गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए । ‘शिक्षाको क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान छ ।

    उहाँहरुकै देनले हामी यो ठाउँमा छौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यस दुःखद घडीमा गाउँपालिका र गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरेका हौँ ।’

    जन्तेढुंगा गाउँपालिकाका पुर्वशिक्षक डम्बरसिं राई, नरनारायण प्रधान, रेवतीरमण कोईरालालाई प्रजातन्त्र आएसँगै स्थापना भएका विद्यालयका प्रथम गुरुका रुपमा सम्मान गर्ने गरिएको छ ।

    सम्बन्धित समाचार