Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ३८३ जनामा कोरोना पुष्टि, ४ सय ४७ जना संक्रमणमुक्त

    प्रदेश १ मा ३८३ जनामा कोरोना पुष्टि, ४ सय ४७ जना संक्रमणमुक्त


    • बिहिवार, भाद्र १७ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ३८३ जनामा कोरोना पुष्टि, ४ सय ४७ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, १७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ४५, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा १९, बुढीगंगामा ९, केराबारीमा ४, रंगेलीमा ३, धनपालथान, कटहरी, ग्रामथान, उर्लाबारी, सुनबर्षी र बेलबारीमा २–२, रतुवामाई, लेटाङ र कानेपोखरीमा १–१, झापाको दमकमा २४, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ८–८, विर्तामोडमा ७, अर्जुनधारामा ६, बुद्धशान्ति र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र बाहृदशीमा २–२, गौरादह, कनकाई र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ३२, धरानमा १५, बराहक्षेत्र र इनरुवामा ५–५, रामधुनीमा ४, दुहवी र स्थानीय तह नखुलेका २–२, देवानगञ्जमा १, इलामको इलाम नगरपालिकामा ४ र सुर्योदयमा १, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३१ म्हिला र २१६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार