Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मेयर र प्रमुख प्रशासकीय अधिकृत विच कार्य सम्पादन सम्झौता

    मेयर र प्रमुख प्रशासकीय अधिकृत विच कार्य सम्पादन सम्झौता


    • शुक्रवार, भाद्र १८ २०७८

    • नेपाल वाइड


    मेयर र प्रमुख प्रशासकीय अधिकृत विच कार्य सम्पादन सम्झौता
    कार्य सम्पादन सम्झौता पत्र हस्तान्तरण गर्नुहुदै प्रमुख प्रशासकिय अधिकृत टेकनाथ दाहाल ।

    खोटाङ । भदौ १८, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन सम्झौता गरेको छ । नगरपालिका तथा नगर कार्यपालिकाको भूमिकालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउँदै समग्र सेवालाई सुधार गर्ने लक्ष्यका साथ प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन सम्झौता गरेको हो ।

    नगरपालिका तथा सो अन्तरगतका निकायको परिणाममुखी व्यवस्थापन र सञ्चालन गर्दै नतिजामुखी सेवा प्रवाहका लागि शुक्रबार मेयर दिपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालबिचमा १२ बुँदे कार्य सम्पादन सम्झौता भएको छ ।

    स्थानीय सरकार संचालन ऐन, निजामती सेवा ऐन, निजामती सेवा नियमावली, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन लगायतका प्रचलित ऐन, नियम, कार्यविधि, निर्देशिकाले परिलक्षित गरे अनुसार मेयर रिजालसँग कार्य सम्पादन सम्झौता गरेका प्रमुख प्रशासकीय अधिकृत दाहालले लगत्तै नगरपालिकाका विभिन्न विषयगत शाखा प्रमुख तथा विषयगत शाखा प्रमुखले मातहतका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरेका छन् ।

    मेयर रिजाल र प्रमुख प्रशासकीय अधिकृत दाहालबिचमा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक स्रोत साधन तथा अन्य निकायबाट प्राप्त हुने बजेट तथा लगानीको उपयोग गरी कार्य गर्ने, नगरपालिकाले सम्झौतामा उल्लिखित कार्यक्षेत्रको कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई सहजीकरण, समन्वय र मार्गदर्शन गर्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ ।

    यस्तै, प्रचलित कानूनमा संशोधन वा परिवर्तन भए सोही अनुसार कार्यसम्पादन सम्झौतामा परिवर्तन भएको मानिने, राजनैतिक विचारप्रति तटस्थ रही सेवा प्रति इमान्दार रहने, नगरवासीप्रति जिम्मेवार रही जवाफदेही मूलक ढङ्गले कार्यसम्पादन गर्ने, ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिने छैन’ भन्ने भ्रष्टाचारप्रतिको शून्य सहनशीलतालाई कार्यान्वयनमा ल्याउने लगायतका बुँदा उल्लेख छ । सोही सम्झौताकै आधारमा प्रमुख प्रशासकीय अधिकृतले नगरपालिका अन्तर्गतका वडासँग समेत कार्यसम्पादन सम्झौता गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

    कार्य सम्पादन सम्झौतामा प्रमुख प्रशासकीय अधिकृतले शासकीय सम्वन्ध, योजना तर्जुमा र कार्यान्वयन, सुशासन, सेवा प्रवाह र सूचना प्रविधि, आन्तरिक स्रोत व्यवस्थापन, स्थानीय पूर्वाधार विकास लगायतका १४ शिर्षकमा हाँसिल गर्नु पर्ने नतिजामूलक कार्य सूचकहरूमा सम्झौता गरेका छन् ।

    सम्बन्धित समाचार