Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसीको गुफाभन्दा माथि रहेका चट्टानका टुक्रा तथा रुख हटाइए

    हलेसीको गुफाभन्दा माथि रहेका चट्टानका टुक्रा तथा रुख हटाइए


    • आइतवार, भाद्र २० २०७८

    • नेपाल वाइड


    हलेसीको गुफाभन्दा माथि रहेका चट्टानका टुक्रा तथा रुख हटाइए
    हलेसी गुफाको भित्तामा अड्किएका चट्टान हटाउनका लागि झुण्डिएका नेपाली सेना । तस्बिर सौजन्य :  ईवन राई फेसबुक पेज

    खोटाङ । भदौ १९, नेपाली सेनाले खोटाङको त्रि–धार्मिकस्थल हलेसीको गुफा भन्दा माथि रहेका रुख तथा चोइटिएर अड्किएका चट्टानका टुक्रा हटाएको छ ।

    गोरखनाथ गण मुढे व्यारेक दिक्तेलका गणपति प्रमुख सेनानी नरोत्तम पौडेल सहितको सेनाको टोलीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महादेव गुफा र बसाहा गुफा भन्दामाथि रहेका बोटबिरुवा, त्यसका जरा र गुफाको पहरामा चोइटिएर अड्केर रहेका चट्टान हटाएको हो ।

    halesi 5.jpg

    हलेसी गुफाको भित्तामा अड्किएका चट्टान रुखविरुवाहरु हटाउदै नेपाली सेना । तस्बिर सौजन्य :  ईवन राई फेसबुक पेज

    दुई गुफाभन्दा माथि रहेका रुख र पहरा चर्किएर चोइटिएका चट्टानका स–साना टुक्रा हटाउनका लागि नगरपालिका तथा हलेसी मन्दिर व्यवस्थापन समितिले अनुरोध गरेपछि सेनाले शुक्रबार हलेसी गुफाको भित्तामा रहेका जोखिमयुक्त वस्तु हटाएको जनाएको छ ।

    बसाहा गुफा र महादेव गुफाको माथि रहेका बोटविरुवाको जरा बढ्दै जाँदा गुफाको भित्तामा रहेका चट्टान चोइटिएर गुफाभित्र खस्न थालेकोले मन्दिरमा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनलाई लाग्ने र जुनसुकै समयमा मानवीय क्षती पुर्‍याउने सम्भावना रहेकाले गुफाभन्दा माथि रहेका जराहरु र चोइटिएर अड्केका चट्टानका टुक्रा हटाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

    h 6.jpg
    हलेसी गुफाको भित्तामा अड्किएका चट्टान रुखविरुवाहरु हटाउदै नेपाली सेना । तस्बिर सौजन्य :  ईवन राई फेसबुक पेज

    नेपाली सेनाले कम्मरमा डोरी बाँधेर झुण्डिएर गुफाको पहरामा अल्झेर रहेका चट्टान हटाएका छन् । पहराको कापमा उम्रिएका रुखको जरा बढ्दै जाँदा र चट्टान फाट्दै जाँदा हलेसी गुफामा बेला–बेलामा चोइटिएको चट्टानको टुक्रा खस्ने गरेको छ । संयोगवस हालसम्म गुफामा खसेका चट्टानले मावीय क्षती भएको छैन ।

    तर, खसेको चट्टानको टुक्राले गुफाभित्रको संरचनामा क्षती पुर्‍याउने गरेको मेयर राईले बताए । २०७२ सालको महाभूकम्पका बेला हलेसी गुफामा चट्टानको टुक्रा खसेको थियो । हलेसीको गुफामा माथि रहेका रुख समेत ढल्दा दर्शनार्थी किच्ने खतरा छ ।

    h 8.jpg
    हलेसी गुफाको भित्तामा अड्किएका चट्टान रुखविरुवाहरु हटाउदै नेपाली सेना । तस्बिर सौजन्य :  ईवन राई फेसबुक पेज

    ‘गुफाको भित्तामा रहेका रुखका जरा बढ्दै जाँदा जराको कारण ढुंगा चोइटिएर झर्ने गरेको छ । जुनसुकैबेला दर्शनार्थीमाथि ढुंगा खस्ने खतरा देखियो,’ मेयर राईले भने, ‘त्यही भएर हाम्रै आग्रहमा नेपाली सेनाले गुफामा खस्ने खालका चट्टान र रुख हटाएको हो ।’

    h 9.jpg
    हलेसी गुफाको भित्तामा अड्किएका चट्टान रुखविरुवाहरु हटाउदै नेपाली सेना । तस्बिर सौजन्य :  ईवन राई फेसबुक पेज

    सम्बन्धित समाचार