सोमवार, भाद्र २८ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २७, लेखा परिक्षणका लागि महालेखा परिक्षकको टोली आएपछि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लेखा परिक्षण अधिकारी समक्ष गुनासो वा सिकायत राख्न आव्हान गरेको छ ।
महालेखाको टोली आएपछि ‘सुटुक्क’ लेखा परिक्षण गराउने परिपार्टीका बिचमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने सूचना जारी गर्दै गाउँपालिका सम्वन्धी गुनासो र सिकायत लेखा परिक्षण अधिकारी समक्ष राख्न आव्हान गरेको हो ।
लेखा परिक्षणका लागि महालेखा परिक्षकको टोली आइपुगेपछि गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले सोमबार सूचना जारी गर्दै गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा गुनासो भए लेखा परिक्षण अधिकारीलाई जानकारी दिन अनुरोध गरेका छन् ।
महालेखापरीक्षकको कार्यालयका निर्देशक प्रकाश खत्रीसहित तीन जनाको टोलीले आइतबारदेखि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परिक्षण सुरु गरेको छ । अन्य स्थानीय तहका सर्वसाधारण भने गुनासो राख्न त परै जाओस महालेखाको टोली आए/गएको विषयमा जानकारी पाउनबाट बञ्चित छन् ।