Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ

    नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट हुने अन्तरबैंक फन्ड ट्रान्स्फर शुल्क तोक्यो

    नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट हुने अन्तरबैंक फन्ड ट्रान्स्फर शुल्क तोक्यो


    • मंगलवार, भाद्र २९ २०७८

    • नेपाल वाइड


    नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट हुने अन्तरबैंक फन्ड ट्रान्स्फर शुल्क तोक्यो
    फायल तस्बिर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट गर्ने अन्तर बैंक फन्ड ट्रान्सर्फमा बैंकहरूले लिने शुल्क तोकेको छ । राष्ट्र बैंक भुक्तानी प्रणली विभागले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ जारी गर्दै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोबाइल बैंकिङमार्फत विद्युतीय रकमान्तर गर्दा लाग्ने अधिकतम शुल्क तोकेको हो ।

    अब बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङबाट अन्तर बैंक विद्युतीय रकमान्तर गर्दा ५० हजारसम्म १० रुपैयाँमात्रै शुल्क लिन पाउने भएका छन् ।

    त्यस्तै ५० हजारभन्दा माथि १ लाखसम्म २० रुपैयाँ र एक लाखभन्दा माथि ३० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने भएका हुन् । सर्वसाधारणालाई विद्युतीय कारोबारमा प्रोत्साहहन गर्न मोबाइल बैंकिङबाट हुने अन्तरबैंक फन्ड ट्रान्स्फरमा लाग्ने शुल्क तोकेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल बताउँछन् ।

    यस्तै, नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा पनि केन्द्रीय बैंकले शुल्क तोकेको छ ।

    जसमा ३ हजारसम्म प्रतिकारोबार ५ रुपैयाँ ३ हजारदेखि ३० हजारसम्म प्रतिकारोबार १० रुपैयाँ र १० हजारभन्दा माथि प्रतिकारोबार २० रुपैयाँ शुल्क तोकिएको छ ।

    केन्द्रीय बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमा पनि बढाएको छ । बैंक खाताबाट वालेटमा प्रतिकारोबार सीमा २५ हजारबाट बढाएर ५० हजार बनाएको छ ।

    त्यस्तै, वालेटबाट अन्य बैंक खातामा गरिने रकमान्तर अथवा भुक्तानीको सीमा पनि प्रतिकारोबार २५ हजारबाट बढाएर ५० हजार पुर्‍याएको छ । यस्तै दुवै प्रकारका कारोबारका लागि प्रतिदिनको सीमा १ लाख कायम राख्दै प्रतिमहिनाको सीमा बढाएर १० लाख पुर्‍याएको छ ।

    सम्बन्धित समाचार