Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रअसँग कार्य सम्पादन सम्झौता

    शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रअसँग कार्य सम्पादन सम्झौता


    • बुधवार, भाद्र ३० २०७८

    • नेपाल वाइड


    शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रअसँग कार्य सम्पादन सम्झौता
    गाउँपालिकाले सामुदायीक तथा संस्थागत विद्यालयका प्रअसँग आयोजना गरेको अन्तरक्रीया कार्यक्रम ।

    खोटाङ । भदौ ३०, खस्कँदो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले सामुदायीक तथा संस्थागत विद्यालयका प्रअसँग कार्य सम्पादन सम्झौता गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, गाउँपालिकाको शिक्षा ऐन र नियमावली लगायत प्रचलित ऐन, नियम, कार्यविधि र निर्देशिकाले परिलक्षित गरे बमोजिम सामुदायीक विद्यालयको भूमीकालाई अझ बढि सक्षम, सुदृढ र उत्तरदायी बनाएर समग्र शैक्षिक कार्यक्रमलाई परिणाममुखी र नतिजामुलक बनाउने लक्ष्यका साथ गाउँपालिकाले मंगलबार ४९ वटा सामुदायीक र २ वटा संस्थागत विद्यालयका प्रअसँग २७ बुँदे कार्य सम्पादन सम्झौता गरेको हो ।

    शैक्षिक गुणस्तर सुधारका लागि आयोजना गरिएको सामुदायीक तथा संस्थागत विद्यालयका प्रअसँगको अन्तरक्रीया कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदीप राई र प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईको रोहवरमा प्रथम पक्षका रुपमा गाउँपालिकाका शिक्षा अधिकृत बाबाठकुरी रिजाल अधिकारी र दोश्रो पक्षका रुपमा सम्वन्धित विद्यालयका प्रअले कार्य सम्पादन सम्झौता गरेका हुन् । शैक्षिक गुणस्तर उकास्ने लक्ष्यका साथ प्रत्येक वर्ष ३ प्रतिशतले सिकाई उपलव्धी वृद्धि गर्न योजना प्रक्षेपण गर्न लगाउनेगरी प्रअसँग कार्य सम्पादन सम्झौता गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    गाउँपालिका र प्रअबिच शैक्षिक सत्रको अन्तमा सबै शिक्षकलाई आफुले शिक्षण गरेको विषयको सिकाई उपलव्धी एकिन गर्न लगाएर आगामी सत्रको लागि शिक्षण सुधार योजना निर्माण गरी प्रत्येक वर्ष ३ प्रतिशतले सिकाई उपलव्धी वृद्धि गर्न योजना प्रक्षेपण गर्न लगाउने, राजनैतिक विचारप्रति तटस्थ रही सेवा प्रवाहप्रति इमान्दार रहने, नागरिकप्रति जिम्मेवार रही जवाफदेहीमुलक ढंगले कार्यसम्पादन गर्ने, वार्षिक शैक्षणिक योजना बनाउने र कार्यान्वयन गर्ने, प्रत्येक विषय शिक्षकले पाठ्यावस्तु अनुसारका शैक्षिक सामग्री प्रयोग गरेर मात्र शिक्षण गर्ने/गराउने कार्य सम्पादन सम्झौता गरिएको छ ।

    यस्तै, विद्यार्थीको वैयक्तिक विवरण फायर तयार गर्ने, विषय शिक्षकबाट प्रत्येक महिनाको मसान्तको दिन महिनाभरीको सिकाई प्रगती प्रतिबेदन लिने र छलफल गराई निष्कर्ष निकाल्ने तथा सोको एकप्रति गाउँपालिकाको शिक्षा शाखामा पठाउने, विद्यालयमा बाल क्लव गठन गर्ने र सदन निर्माण गरी प्रत्येक शुक्रबारको पाँचौं घण्टीपछि प्रतियोगीतात्मक कार्यक्रम गर्ने/गराउने र ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने, विद्यालयमा सरसफाई, फूलवारी र बगैंचाको व्यवस्था गर्ने, कक्षा कोठालाई सुन्दर, सफा र वालमैत्री बनाउने, प्रअले सबै शिक्षकको शिक्षण सिकाई क्रियाकलापको नियमित अवलोकन गर्ने लगायतका सम्झौता गरिएको छ ।

    यस्तै, विद्यालयमा पुस्तकालय, सूचना प्रविधिको सुविधा र श्रव्य, दृश्या सामग्रीको व्यवस्था गर्न वातावरण बनाउने, प्रत्येक वर्षको असार मसान्तसम्ममा विद्यालय सुधार योजना निर्माण गरी गाउँपालिकाको शिक्षा शाखामा पेश गर्ने, विद्यालयको आर्थिक, भौतिक, शैक्षिक तथा व्यवस्थापकीय पक्षको सामाजिक परीक्षण गराई अभिभावकबिच सार्वजनिक र छलफल गरी प्रधानाध्यपकमार्फत गाउँ शिक्षा शाखामा पेश गर्ने, गाउँपालिकाबाट तयार भएको आचार संहिताको पूर्ण पालना गर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाउन प्रयत्न गर्ने, प्रत्येक विद्यालयको इमेल आइडी, प्रअको इमेल आइडी र विद्यालयको वेवसाइट सञ्चालन गर्न अनुकुल वातावरण बनाउने, विद्यार्थीलाई अनिवार्य पोशाक लगाएर विद्यालय आउने वातावरण बनाउने, लेखा प्रणालीलाई दोहोरो लेखा प्रणालीमा राख्ने व्यवस्था मिलाउने, विद्यार्थीले दैनिक रुपपमा दिवा खाजा ल्याउने व्यवस्था मिलाउने, सेनीटरी प्याडको प्रयोग तथा उचित तरिकाले व्यवस्था मिलाउने लगायतका कार्य सम्पादन सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार