Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    फेरिए १२ जिल्लाका सिडियो

    फेरिए १२ जिल्लाका सिडियो


    • बुधवार, भाद्र ३० २०७८

    • नेपाल वाइड


    फेरिए १२ जिल्लाका सिडियो
    फायल तस्बिर

    काठमाण्डौ । गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार काज सरुवा गरिएको हो । 

    मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । उनी अहिले मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । 

    त्यस्तै गुल्मिका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ । त्यस्तै पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ । कोषहरि निरौला मन्त्रालय तानिएका छन् भने दिपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ ।

    सम्बन्धित समाचार