Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा २१६ जनामा कोरोना पुष्टि, २८० जना संक्रमणमुक्त

    प्रदेश १ मा २१६ जनामा कोरोना पुष्टि, २८० जना संक्रमणमुक्त


    • शनिवार, आश्विन २ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा २१६ जनामा कोरोना पुष्टि, २८० जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । असोज २, प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९०, सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धनकुटामा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

    झापाको दमकमा १९, विर्तामोडमा १६, अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ६–६, बाहृदशी र बुद्धशान्तिमा २–२, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा १९, इटहरीमा ४, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा १–१, मोरङको विराटनगरमा १५, बुढीगंगामा ३, उर्लाबारीमा २, कटहरी र सुनबर्षीमा १–१, इलामको इलाम नगरपालिका, सुर्योदय र माईमा २–२, धनकुटाको धनकुटा नगरपालिका छथरजोरपाटी र पाख्रिबासमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज २८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४० महिला र १४० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार