Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वर्षाका कारण अवरुद्ध सडक मर्मतका लागि स्थानीय सरकार समक्ष माग

    वर्षाका कारण अवरुद्ध सडक मर्मतका लागि स्थानीय सरकार समक्ष माग


    • मंगलवार, आश्विन ५ २०७८

    • नेपाल वाइड


    खोटाङ । असोज ५, खोटाङ यातायात प्रालिले वर्षाका कारण अवरुद्ध सडक मर्मतका लागि स्थानीय सरकार समक्ष माग गरेको छ । दशैं, तिहार र छठ जस्ता चाडवाड नजिकिदै गरेको अवस्थामा कच्ची सडकको अवस्था दयनीय रहेको उल्लेख गर्दै यातायात प्रालिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका सहित ६ स्थानीय तहलाई सडक मर्मतका लागि आग्रह गरेको हो ।

    वर्षाका कारण जिर्ण बनेका सडक मर्मत नगरेसम्म सञ्चालनमा ल्याउन सकिने अवस्था नभएको तथा जिर्ण सडकमा सवारी साधन सञ्चालन गर्दा जनधनको क्षती हुनसक्ने भएकाले सम्वन्धित स्थानीय तहभित्रका सडक मर्मतका लागि लिखित माग राखिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

    खोटाङ यातायात प्रालिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका हुर्लुङ–जालपा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–दोर्पाचिउरीडाँडा, दिक्तेल–अस्पतालचोक–लफ्याङ, दिक्तेल–हाटडाँडा–खाल्ले आहाले, दिक्तेल–बाम्राङ डल्लेदोभान–दम्कु बुईपा र अस्पतालचोक–आचार्य गाउँ बसपार्क सडक मर्मतको माग गरेको छ ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको जयरामघाट–च्यास्मीटार–हलेसी–अर्खौले, हलेसी–धितुङ भाडबेँसी–रेग्मीटार, बिजुले–बुईपा र बुईपा–राजापानी–पुरानोगाउँ–रेग्मीटार सडक मर्मतको माग राखिएको यातायात प्रालिले जनाएको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमी–टेम्मा, साप्सु–टेम्मा छितापोखरी, साप्सु–रातमाटा–पञ्चमी, खोटेहाङ गाउँपालिकाको रसुवा–सिमपानी–खोटाङबजार, सिमपानी–रोक्सिङभञ्ज्याङ, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क–माक्पा–फेदी तथा साकेला गाउँपालिकाको साप्सु–मात्तिमविर्ता–मानेभञ्ज्याङ–खिदिमा, मानेभञ्ज्याङ–दिप्रुङ र तावाखोला–रतन्छा मानेभञ्ज्याङ सडक यथाशिघ्र मर्मतको माग राखिएको महासचिव हिङमाङले बताए ।

    सम्बन्धित समाचार