Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण

    प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण


    • मंगलवार, आश्विन ५ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण
    सांकेतिक तस्बिर

    विराटनगर । असोज ५, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३२१ जनाको पीसीआर परीक्षण गर्दा २८१ र ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ६४, बेलबारी र सुन्दरहरैचामा ७–७, उर्लाबारीमा ६, ग्रामथान, पथरीशनिश्चरे र बुढीगंगामा ४–४, रतुवामाई, कटहरी र रंगेलीमा २–२, कानेपोखरी र लेटाङमा १–१, झापाको विर्तामोडमा २०, शिवसताक्षीमा १२, भद्रपुर र कनकाईमा ११–११, दमकमा ९, मेचीनगर र अर्जुनधारामा ७–७, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा २, गौरादह, बाहृदशी र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ३५, धरानमा १८, रामधुनीमा ७, गढीमा ४ र बराहक्षेत्रमा ३, इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र चुलाचुलीमा २–२, सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाँचथरमा १, उदयपुरको चौदण्डीगढी र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज १८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८३ महिला र १०० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार