Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु

    ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु


    • मंगलवार, आश्विन १२ २०७८

    • नेपाल वाइड


    ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु
    फायल तस्बिर
     

    ताप्लेजुङ । असोज १२, ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन कार्य सुरू भएको छ । गत साता अक्सिजन प्लान्ट जडान कार्य पूरा भएसँगै अक्सिजन उत्पादन कार्य सुरु भएको हो ।

    जिल्ला अस्पतालमा नियमित रूपमा अक्सिजन उत्पादन कार्य सुरू भएको ताप्लेजुङ जिल्ला अस्पतालका  सूचना अधिकारी विजया राईले बताए । वितगमा अन्य जिल्लाबाट अक्सिजन आयत गर्नु पर्ने समस्याको हटेको राईले बताउनु भयो ।

    विगतमा कतिपय विमारीहरुले अक्सिजन समयमै नपाएर ज्यान गुमाउनु पर्ने समस्या समेत  रहेकाे जानकारी दिएकाे अस्पताले आफैँले अक्सिजन उत्पादन गर्न थालेसँगै जिल्ला भित्रका स्वास्थ्य संस्थाहरुमा अक्सिजन आपूर्तिमा सहज हुने सूचना अधिकारी राईले बताए ।

    प्रविधि इन्टरनेस्नल सप्लार्यसमार्फत ७१ लाख ५० हजार रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान कार्य पूरा भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिए । 

    अक्सिजन प्लान्ट जडान कार्य पूरा भएकोले अब यहीँ प्लान्टमार्फत २४ घण्टामा ६०–६५ किलोग्रामवाला २० थान अक्सिजन सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने प्रविधि इन्टरनेस्नल सप्लार्यसका प्राविधिक दिलबहादुर बिकले जानकारी दिए । 

    सम्बन्धित समाचार