Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा १८७ जनामा कोरोना पुष्टि, १९१ जना संक्रमणमुक्त

    प्रदेश १ मा १८७ जनामा कोरोना पुष्टि, १९१ जना संक्रमणमुक्त


    • बिहिवार, आश्विन १४ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा १८७ जनामा कोरोना पुष्टि, १९१ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । असोज १४, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा २९, सुन्दरहरैचामा ५, उर्लाबारीमा ४, केराबारी र कटहरीमा ३–३, बेलबारीमा २, रंगेली, रतुवामाई, कानेपोखरी, बुढीगंगा र ग्रामथानमा १–१, झापाको दमक र कनकाईमा ८–८, बुद्धशान्तिमा ७, विर्तामोडमा ६, भद्रपुर र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, गौरादहमा ३, शिवसताक्षीमा २, बाहृदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २०, इनरुवामा ३, धरानमा २, रामधुनी र देवानगञ्जमा १–१, इलामको चुलाचुलीमा २ र इलाम नगरपालिकामा १, धनकुटाको पाख्रिबासमा २, धनकुटा नगरपालिकामा १, ताप्लेजुङ आठराई त्रिवेणी र तेहृथुमको मेन्छेयायेममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज १९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र ९५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोराना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार