Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    बैदेसिक रोजगार

    कोभिडमा पनि रोकिएन विदेश जाने लहर

    कोभिडमा पनि रोकिएन विदेश जाने लहर

    बैदेसिक रोजगार सरोकार समाजको कार्ययोजना तय

    • आइतवार, आश्विन १७ २०७८

    • नेपाल वाइड


    कोभिडमा पनि रोकिएन विदेश जाने लहर
    वार्षिक कार्ययोजना निर्माणकाक्रममा छलफल गर्दै बैदेसिक रोजगार सरोकार समाज लगायतका प्रमुख तथा प्रतिनिधि ।

    खोटाङ । असोज १७, कोभिड–१९ को महामारीकाबिचमा पनि खोटाङमा वैदेसिक रोजगारीमा जानेक्रम नरोकिएको पाइएको छ । कोभिड–१९ को महामारीकाबिच आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका १ हजार ९२८ नागरिक रोजगारीका सिलसिलामा बाहिरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।

    आइतबार वैदेसिक रोजगार सरोकार समाज पुःर्नगठन एवं वार्षिक योजना निर्माण कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले महामारीकैबिचमा १०४ जना महिला विदेसिएको जानकारी दिए ।

    मुलुकभरका जिल्लामध्ये खोटाङ वैदेसिक रोजगारमा जानेमध्ये १९ औं स्थानमा छ । खोटाङबाट करिब ६० हजार नागरिक बैदेसिक रोजगारका सिलसिलामा विभन्न देशमा पुगेको संयोजक राईले बताए ।

    कोभिड–१९ को महामारीकाबिचमा जिल्लाबाट काठ्माण्डौं वा काठ्माण्डौंबाट जिल्ला आवत–जावत गर्ने अवस्था नहुँदा एजेण्ट सक्रिया भएको जनाइएको छ ।

    महामारीमा सहज आवत–जावत गर्ने अवस्था नहुँदा एजेण्टले आफै काम गरिदिने भन्दै कागजात लिएर रकम असुलेको पाइएको राईले जानकारी दिए । कार्यक्रममा चालु आर्थिक वर्ष ८ जनाको शव भित्रिएको जानकारी दिइएको छ ।

    बैदेसिक रोजगार सरोकार समाजको कार्ययोजना तय

    बैदेसिक रोजगार सरोकार समाज खोटाङले वार्षिक कार्ययोजना तय गरेको छ । वैदेसिक रोजगारलाई प्रभावकारी र उपलव्धीमुलक बनाउनका लागि समाजले विभिन्न सचेतनामुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    दशैं र तिहारको बिचमा सितला माबि खाल्लेमा शिक्षक अभिभावक अभिमुखीकरण, खाल्लेमै ‘इस्यू’मा आधारित कार्यक्रम, मंसिर २ गते दिक्तेलमा शिक्षक, कर्मचारी र सामाजिक व्यक्तिसँग अन्तरक्रीया, पुस ३ गते दिक्तेलमा सडक साहित्य कार्यक्रम लगायतका सचेतनामुलक अभियान सञ्चालन गरिने बैदेसिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राईले बताईन् ।

    बैठकले बैदेसिक रोजगार सरोकार समाज पुःर्नगठन गरेको छ । समाजको सदस्य फेरबदल गर्दै अध्यक्षमा रेखा राईलाई नै निरन्तरता दिइएको हो ।

    समाजले वैदेसिक रोजगारलाई सुरक्षित र उपलव्धीमुलक बनाउनदेखि वैदेसिक रोजगारीका क्रममा समस्यामा परेका नागरिकलाई सहयोग गर्दैआएको छ ।

    सम्बन्धित समाचार