Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

    प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण


    • सोमवार, आश्विन १८ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण
    सांकेतिक तस्बिर

    विराटनगर । असोज १८, प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, र धनकुटामा १–१ जनामा संक्रमण देखिएको हो ।

    झापाको विर्तामोडमा १५, कनकाईमा १३, दमक र भद्रपुरमा ८–८, मेचीनगरमा ७, अर्जुनधारामा ४, बुद्धशान्तिमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्दिबारी र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २८, बेलबारीमा ४, उर्लाबारी र बुढीगंगामा ३–३, सुन्दरहरैचामा २, सुनबर्षी, पथरीशनिश्चरे, जहदा र कटहरीमा १–१, सुनसरीको धरानमा ११, इटहरीमा १०, रामधुनी, दुहवी र इनरुवामा १–१, उदयपुरको बेलका र कटारीमा १–१, पाँचथरको हिलिहाङ, ताप्लेजुङ, र धनकुटाको धनकुटा नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ३४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८७ महिला र १५७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

     

    सम्बन्धित समाचार