Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    खोटाङमा प्रहरी दिवसमा व्याडमिन्टन प्रतियोगीता

    खोटाङमा प्रहरी दिवसमा व्याडमिन्टन प्रतियोगीता


    • बुधवार, आश्विन २० २०७८

    • नेपाल वाइड


    खोटाङमा प्रहरी दिवसमा व्याडमिन्टन प्रतियोगीता
    प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला स्तरिय खुला व्याडमिन्टन प्रतियोगीता ।

    खोटाङ । असोज १९, प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला स्तरिय खुला व्याडमिन्टन प्रतियोगीता आयोजना गरेको छ ।

    ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीले १७ असोजदेखि १९ असोजसम्म जिल्ला स्तरिय सिंगल, खुला डबल र भेट्रान डबल व्याडमिन्टन प्रतियोगीता आयोजना गरेको हो ।

    सिंगल व्याडमिन्टन प्रतियोगीतामा सविन श्रेष्ठ प्रथम, एलिस दंगाल दोश्रो, अविन राई र सनम राई तेश्रो भएका छन् । यस्तै, खुला डबलतर्फ दिपक खत्री र कल्पना राई जोशीको समुह प्रथम, विनोद उदास र सविन श्रेष्ठको समुह दोश्रो, विकास खत्री र विपिन योगी तथा एलिस दंगाल र ममता राईको समुह तेश्रो भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    भेट्रान डबलमा राजु श्रेष्ठ र जय राईको समुह प्रथम, कल्पना राई जोशी र हरि राईको समुह दोश्रो, भोजबहादुर मगर र प्रकाश राई तथा भक्त कालिकोटे र केशव थापाको समुह तेश्रो भएका छन् ।

    विजेतालाई बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिने प्रहरी दिवस तथा श्रद्धाञ्जली कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

    सम्बन्धित समाचार