Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विमित परिवारलाई एसियन लाईफ इन्सुरेन्सले दियो विमांक रकम

    विमित परिवारलाई एसियन लाईफ इन्सुरेन्सले दियो विमांक रकम


    • शनिवार, आश्विन २३ २०७८

    • नेपाल वाइड


    विमित परिवारलाई एसियन लाईफ इन्सुरेन्सले दियो विमांक रकम
    विमा रकमको चेक हस्तान्तरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल ।

    खोटाङ । एसियन लाईफ इन्सुरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय खोटाङले मृतक विमित परिवारलाई विमांक रकम प्रदान गरेको छ । सुखी जीवन विमा आयोजना अन्तरगत २९ असार २०७४ मा विमा गरेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल माटिकोरेकी अनु थामा मगरको परिवारलाई एसियन लाईफ इन्सुरेन्स कम्पनीले घरैमा पुगेर मुत्यु दावी भुक्तानी दिएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले मृतक विमितका बुवा मोहनबहादुर थापा मगर र आमा एकमायाँ थापा मगरलाई विमा वापतको ३ लाख ७८ हजार २४४ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

    ३ लाख १ हजारको बिमा गरेकी थापमा मगरको परिवारलाई ७७ हजार २४४ रुपैयाँ बोनस सहित बिमांक रकम प्रदान गरिएको एसियन लाईफ इन्सुरेन्स कम्पनी लिमिटेड उपशाखाका प्रमुख किरणजित राईले बताए ।

    मृतक थापा मगरले १५ हजार ९७५ रुपैयाँ बराबरको चार किस्ता बुझाइसकेकी थिईन् । दिक्तेल इंलिस बोर्डिङ स्कुलकी शिक्षिका थापा मगरको २३ माघ २०७७ मा मृत्यु भएको थियो ।

    सम्बन्धित समाचार