Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    स्वास्थ्य कार्यक्रमको प्रगती मूल्यांकनमा हलेसी तुवाचुङ प्रथम

    स्वास्थ्य कार्यक्रमको प्रगती मूल्यांकनमा हलेसी तुवाचुङ प्रथम


    • शनिवार, आश्विन २३ २०७८

    • नेपाल वाइड


    स्वास्थ्य कार्यक्रमको प्रगती मूल्यांकनमा हलेसी तुवाचुङ प्रथम
    उत्कृष्ट पालिकाको सम्मान–पत्रका साथ स्वास्थ्य शाखा संयोजक ।

    खोटाङ । खोटाङमा स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगती मूल्यांकनमा हलेसी तुवाचुङ नगरपालिका प्रथम भएको छ । आर्थिक वर्ष २०७७/०७८ को जिल्ला स्तरिय स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगती मूल्यांकनमा जिल्लाका १० पालिकामध्ये हलेसी तुवाचुङ नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको हो ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोश्रो र ऐसेलुखर्क गाउँपालिकाले तेश्रो स्थान प्राप्त गरेको छ । खोप कार्यक्रमको प्रगती, परिवार नियोजनको साधनको प्रयोग दर, समयमा प्रगती प्रतिबेदन उपलव्ध गराएको लगायतका सय पूर्णांकको सूचकका आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

    उत्कृष्ट नगर/गाउँपालिकाकालाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले सम्मान–पत्रका साथमा करुवा प्रदान गरेका छन् । यस्तै, स्वास्थ्य कार्यालयले कम्प्यूटर सहायक भिष्म पाण्डेलाई उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरेको छ । कार्यालयको उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा पाण्डेलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार