Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ९० जनामा कोरोना संक्रमण, ५३ जना संक्रमणमुक्त

    प्रदेश १ मा ९० जनामा कोरोना संक्रमण, ५३ जना संक्रमणमुक्त


    • शुक्रवार, कार्तिक ५ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ९० जनामा कोरोना संक्रमण, ५३ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । कात्तिक ५, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

    झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, दमक, अर्जुनधारा र शिवसताक्षीमा ३–३, हल्दिबारी र कनकाईमा २–२ र गौरादहमा १, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १, सुनसरीको धरानमा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, उदयपुरको उदयपुरगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

    प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९ महिला र २४ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार