Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण, ४३ जना संक्रमणमुक्त

    प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण, ४३ जना संक्रमणमुक्त


    • आइतवार, कार्तिक ७ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण, ४३ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । कात्तिक ७, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

    झापाको दमक, विर्तामोड र कनकाईमा ६–६, शिवसताक्षी, भद्रपुर , अर्जुनधारा र मेचीनगरमा २–२, गौरादह, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा १७, सुन्दरहरैचामा ६, बेलबारीमा २, पथरीशनिश्चरे, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ७, रामधुनीमा २, इलामको माईमा २, इलाममा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र १७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

     

    सम्बन्धित समाचार