Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images
    स्वास्थ्य

    रुसमा कोरोना सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

    रुसमा कोरोना सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु


    • आइतवार, कार्तिक ७ २०७८

    • नेपाल वाइड


    रुसमा कोरोना सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु
    सांकेतिक तस्बिर

    काठमाण्डौ । रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ ।

    रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो संख्या यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भए पछिकै सबैभन्दा बढी हो । 

    यहाँ यो भाइरसको सङ्क्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ ।

    शनिबार यहाँ ३७ हजार ६७८ जना यो सङ्क्रमणबाट सङ्क्रमित भएको जनाइएको छ । यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । सिन्ह्वा

    सम्बन्धित समाचार