Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा १४७ जनामा कोरोना संक्रमण, ४३ जना संक्रमणमुक्त

    प्रदेश १ मा १४७ जनामा कोरोना संक्रमण, ४३ जना संक्रमणमुक्त


    • सोमवार, कार्तिक ८ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा १४७ जनामा कोरोना संक्रमण, ४३ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । कात्तिक ८, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण भएको छ । ९६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ र १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १०, खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ४०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, कानेपोखरी, बेलबारी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, ग्रामथान र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा १३, दमकमा १०, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ५, शिवसताक्षी र अर्जुनधारामा २–२, मेचीनगर, बाहृदशी, कचनकवल, गौरादह, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ४, धरानमा २, इनरुवा, बराहक्षेत्र, गढी र हरिनगरमा १–१, खोटाङको जन्तेढुङ्गा, उदयपुरको चौदण्डीगढी, पाँचथरको फिदिम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २० महिला र २३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार