Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रातको ९ बजेदेखि देउसीभैली जस्ता भीडभाडयुक्त कार्य नगर्न प्रशासनको आग्रह

    रातको ९ बजेदेखि देउसीभैली जस्ता भीडभाडयुक्त कार्य नगर्न प्रशासनको आग्रह


    • बुधवार, कार्तिक १७ २०७८

    • नेपाल वाइड


    रातको ९ बजेदेखि देउसीभैली जस्ता भीडभाडयुक्त कार्य नगर्न प्रशासनको आग्रह
    जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना ।

    खोटाङ । १७ कात्तिक, जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को संक्रमणबाट जोगिएर तिहार मनाउन आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले कोभिड–१९ को संक्रमण फैलने खतरा रहेको भन्दै सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर तिहार मनाउन आग्रह गरेको हो ।

    बैठक लगत्तै जारी गरिएको सूचनामा कोभिड–१९ को महामारी तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म देउसीभैली जस्ता भीडभाडयुक्त कार्य नगर्न/नगराउन भनिएको छ ।

    तिहारको समयमा हुने आगलागी र त्यसबाट हुने क्षतीलाई मध्यनजर गर्दै प्रशासनले आतसवाजी, पटका लगायतका बिष्फोटकजन्य पदार्थ बेचबिखन र प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ ।

    यस्तै, मदिरा सेवन गरी सार्वजनिक रुपमा हो–हल्ला गरी शान्ति भंग गर्नेलाई तत्काल पक्राउ गरी नियमानुसार कारबाही गर्ने, जुवातास तथा जुवाजन्य खेल खेल्ने/खेलाउने कार्य गरेको पाइएमा तत्काल पक्राउ गरी जुवा तथा तास खालमा भेटिएका धनमाल जफत गरी नियमानुसार कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।

    सम्बन्धित समाचार